शुक्लाफाँटाका किसानलाई अनुदानमा धानको बिउ वितरण

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले किसानहरुलाई अनुदानमा धानको बिउ वितरण गरेको छ ।

धानको उत्पादन बढाउन नगरपालिकाले वार्षिक कार्यक्रम अनुसार किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरेको हो ।

Dengue

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार एक सय ५० किसानलाई धानको बीउ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख करन सिँह बुढाऐरले जानकारी दिए । उनका अनुसार किसानहरुलाई सावा मन्सुली, राधा–४, सर्जु–५२, रामधान, सावित्री र सुक्खा धानको बीउ वितरण गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार