रवि लामिछानेर नरेन्द्र मोदीबीचको भेटमा केके कुराकानी भयो?

काठमाडौँ ।  सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधवार दिल्लीमा भेटवार्ता भएको छ।

भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्।

मोदीले थप लेखेका छन् : “हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ।”

वार्ताका क्रममा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव विक्रम मिस्री गायत सहभागी देखिन्छन्।

त्यस क्रममा रास्वपा प्रतिनिधिमण्डलमा रहेका लामिछाने पत्नी निकिता पौडेल, रास्वपाका सांसदहरू विपिन आचार्य, दीपक बोहोरा र दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापालगायत सहभागी देखिएका छन्।

लामिछाने सोमवार पाँचदिने भारत भ्रमणमा निस्किएका थिए। उनी भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) निमन्त्रणामा दिल्ली पुगेका हुन्।

नेपालमा जेन जी आन्दोलन भएपछि सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ बहुमत ल्याएर शक्तिशाली सरकार बनाएको छ। परिवर्तित राजनीतिक परिदृश्यमा नेपालबाट भारत गर्ने लामिछाने वरिष्ठतम नेता हुन्।

नेपाल-भारत सीमा विवादको धङधङी

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आइतवार प्रतिनिधिसभामा ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने टिप्पणी गरेको भोलिपल्ट लामिछाने भारतका भ्रमणमा निस्केका थिए। News BBC

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार