हिमालयन ह्वाइटहाउसमा एसईई दिएका विद्यार्थीहरूको बास्केटबल प्रतियोगिता सम्पन्न

भक्तराज जोशी

काठमाडौं – काठमाडौंको हिमालयन ह्वाइटहाउस International College ले एसईई दिएका विद्यार्थीहरूका लागि आयोजना गरेको ३x३ बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त प्रतियोगितामा छात्रतर्फ ‘टिम साम्डेन’ विजेता बनेको छ। विजेता टोलीमा महेन्द्र प्याकुरेल, प्रिन्स कुस्वा, बर्दन थापा र कृतिश रहेका थिए। त्यसैगरी, छात्रीतर्फ ‘टिम सगरमाथा’ ले उपाधि जितेको छ, जसमा लोरिसा, दावा फुति, लाछी र अन्नन्या सहभागी थिए।

प्रतियोगितामा एसईई दिएका विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। खेल अवधिभर प्रतिस्पर्धात्मक खेल, उत्कृष्ट टीमवर्क तथा अनुशासित खेलभावना प्रदर्शन भएको आयोजकले जनाएको छ।

यस कार्यक्रमले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै आपसी सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुगेको कलेज प्रशासनको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार