तीनतले घरको छतबाट लडेका धनगढीका युवकको उपचारकै क्रममा निधन

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिका–२ मिलनचोकका ३१ वर्षीय गोपाल साउदको घरको छतबाट खसेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिना का अनुसार आइतबार दिउँसो आफ्नै तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका साउदलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो।

उपचारका क्रममा आइतबार साँझ उनको मृत्यु भएको डीएसपी तिमिल्सिनाले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार