गाउँपालिकामै पहिलो पटक दर्जाकोट माविले निकाल्यो ‘वार्षिक क्यालेण्डर’, हरेक गतिविधि क्यालेण्डरमै हेर्न सकिने

भक्तराज जोशी

डोटी । दर्जाकोट माध्यामिक विद्यालयले वार्षिक क्यालेण्डर बिमोचन गरेको छ । एक औपचारिक कार्यक्रमकाबीच डोटीको बोगटान फुड्सिल गाउँपालिका ५ धिर्कामाण्डौँ स्थित दर्जाकोट माविले शैक्षिक सत्र २०८० सालको वार्षिक क्यालेण्डर बिमोचन गरेको हो ।

दर्जाकोट माविले गाउँपालिकाभरीकै ४१ विद्यालयमध्ये पहिलो पटक वार्षिक क्यालेण्डर निकालेको विद्यालयका लेखापाल सिताराम बिनाडीले बताएका छन् । ‘गाउँपालिकामै विद्यालय स्तरबाट वार्षिक क्यालेण्डर निकाल्ने हाम्रो विद्यालय पहिलो हो ।’, उनले भने, ‘हामीले पनि यही शैक्षिक सत्रदेखि क्यालेण्डर निकाल्न सुरु गरेका हौँ । जसको बिमोचन पनि गरिसकेका छौँ ।’

Dengue

लेखापाल बिनाडीका अनुसार उक्त क्यालेण्डरमा वार्षिक रुपमा हुने विद्यालयका सम्पूर्ण गतिविधि समावेश गरिएको छ । विद्यार्थी र अभिभावकको सहजताका लागि सम्पूर्ण क्रियाकलाप क्यालेण्डरमा समावेश गरेको बिनाडीले बताए । ‘विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप, शुक्रबारे क्रियाकलाप, बिदा वा अन्य गतिविधि क्यालेण्डरमा समावेश गरिएको छ ।’, उनले भने, ‘यसले शिक्षक र विद्यार्थीसँगै अभिभावकलाई पनि शैक्षिक गतिविधिसँग जोडिन मद्धत पुग्ने विश्वास गरेका छौँ ।’

पुस्तक बिमोचन कार्यक्रममा शिक्षक सेवा आयोगको परीक्षा पास गरेर विद्यालयमा आएका नव आगन्तुक शिक्षक दुर्गा बोहरा र कल्पना रावतलाई पनि स्वागत गरिएको थियो । योसँगै कार्यक्रममा विद्यालयमा शिक्षाको गुणस्तर सुधारका विषयमा पनि शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकबीच गहन छलफल भएको बिनाडीले बताएका छन् ।

पुस्तक बिमोचन कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष डबल बहादुर बोहाराले गरेका थिए भने बोगटान फुड्सिल गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष राम बहादुर बोहराको प्रमुख अतिथिका रुपमा रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार