सामुदायिक विद्यालयहरुलाई निःशुल्क शिक्षा कार्यान्वयन गर्न गोदावरी नगरपालिकाको आग्रह

कैलाली । कैलालीमा पालिका स्तरबाट निःशुल्क शिक्षा कार्यान्वयनका लागि प्रयास सुरु गरिएको छ ।

कैलालीको गोदावरी नगरपालिकाले आफ्ना पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई निःशुल्क शिक्षा कार्यान्वयन गर्न अनुरोध गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचना जारी गर्दै माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्न अनुरोध गरेको हो ।

Dengue

पालिकामा सबैको पहुँचमा शिक्षा पुर्याउने उद्धेश्यअनुरुप मातहतका सामुदायिक विद्यायलहरुलाई निःशुल्क शिक्षा कार्यान्वयन गर्न अनुरोध गरिएको नगरपालिकाले जनाएको छ ।

पछिल्लो समय नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुले माध्यामिक तहको पठनपाठनमा विद्यार्थीहरुसँग शुल्क लिने गरेको र शुल्क तिर्न नसक्दा पढाई नै छोड्नुपर्ने स्थिति आएको गुनासो बढेपछि नगरपालिकाले निःशुल्क शिक्षा कार्यान्वयन गर्न अनुरोध गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार