अनुहारमा चमक बनाउन यी खानेकुरा छोड्नुहोस्

छालामा चमक बाहिर प्रयोग गरिने सामग्रीबाट भन्दा पनि कस्तो खाइन्छ त्योसँग निर्भर हुन्छ । त्यसैले त्यस्ता केही खानेकुराहरु छन् जसलाई नखाँदा तपाईंको छालामा चमक रहिरहनेछ । त्यसैले यस्ता खानेकुरा खानबाट बच्नुपर्छ ।

चिलो खानेकुरा

Dengue

पकौडा, समोसा, पूरी आदिको धेरै सेवन गर्नु हुँदैन । यस्ता खानेकुरा धेरै खानेगरेमा छालामा धेरै चिल्लो जम्मा हुन्छ । जसले गर्दा डन्डीफोर आदि आउने समस्या हुन सक्छ ।

फास्ट फूड

फास्ट फूडहरुले पनि छालालाई भित्रैदेखि मरेतुल्य बनाउने गर्दछ । किनकी यस्ता खानेकुरामा कुनै पनि पोषक तत्वहरु हुँदैन । यसको धेरै सेवन गरेमा छाला एकदमै डल हुन्छ ।

मसलादार खाना

धेरै मसलादार खाना खानाले पनि छालामा विविरा, डन्डीफोरको समस्या आउन सक्छ । त्यसैले घरमै बनाउने खानेकुरामा पनि धेरै मसलाको प्रयोग गर्नबाट बच्नुपर्दछ ।

चकलेट

त्यसो त चकलेटका धेरै फाइदाहरुका समाचार पनि तपाईंले पढ्नुभएको होला । तर चकलेटमा एकदमै धेरै चिनीको मात्रा हुन्छ जो छालाको लागि एकदमै हानिकारक छ । चकलेटको धेरै सेवन गरेमा छालामा चाउरीपना पनि आउन सक्छ ।

सोडा भएको पेय पदार्थ

सोडा भएको पेय पदार्थ जस्तै कोल्ड ड्रिंक्स, रक्सी आदिको पिउनबाट पनि बच्नुपर्छ । यसले छालालाई छिटो बुढो बनाउने गर्दछ ।

पानी धेरै पिउने

माथि बताइएका सबै खानेकुरा खानबाट बच्नुपर्दछ । साथै दिनमा आवश्यक पानी नबिर्सेर पिउने गर्नु पर्दछ । किनकी हाम्रो शरीरमा ६० प्रतिशत पानी हुन्छ । जसलाई पूर्ति गर्न पनि हामीलाई कम्तीमा २–३ लिटर पानीको दिनहुँ आवश्यकता पर्दछ । पानी धेरै पिउने गरेमा छालामा पनि चमक आउँछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार