पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिँदैछन् ।
नेकपा माओवादी लगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपरान्ह १२ बजे पद तथा गोपनीयताका सपथ लिन लागेका हुन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको सपथ गराउने छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहिवार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आजै पद तथा गोपनीयताको सपथ लिदैछन् ।
प्रतिक्रिया दिनुहोस्