नेपालबाट ६ करोड ३२ लाखको अचार निर्यात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा नेपालबाट ६ करोड ३२ लाख रुपैयाँको अचार निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि फागुन महिनासम्मको अवधिमा उक्त मूल्यको अचार निर्यात भएको हो ।

तथ्यांकअनुसार यस अवधिमा नेपालबाट १ लाख ७ हजार किलो अचार निर्यात भएको छ । नेपालबाट विश्वका ९ वटा देशमा अचार निर्यात हुने गरेको छ । अष्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, बेलायत र अमेरिकामा अचार निर्यात हुने गरेको हो ।

Dengue

नेपालबाट इटाली र अमेरिकामा सबैभन्दा धेरै अचार निर्यात हुने गरेको छ । अमेरिकामा १ करोड ९८ लाख २१ हजार रुपैयाँको अचार निर्यात हुँदा इटालीमा १ करोड २ लाख ९० हजारको अचार निर्यात भएको छ । यस्तै, अष्ट्रेलियामा ७७ लाख रुपैयाँको अचार निर्यात हुँदा क्यानडामा ३२ लाखको अचार निर्यात भएको छ । यता जापान र कोरियामा समान ८६–८६ लाख रुपैयाँको अचार निर्यात भएको विभागको तथ्यांकमा देखिएको छ । हङकङ र बेल्जियममा भने क्रमशः ४ लाख र ९ लाख रुपैयाँको अचार निकासी भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार