अब प्रत्येक महिना बक्सअफिस सार्वजनिक हुने !

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अव प्रत्येक महिना बक्सअफिस रिपोट सार्वजनिक हुने बताएका छन् ।

फिल्मको वास्तविक व्यवसाय बाहिर नआएका कारण बक्सअफिस सार्वजनिक गर्न लागेको उनले बताएका हुन् ।

Dengue

चलचित्र कलाकार संघले बुधबार राजधानीमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदानसहित धन्यवाद तथा बधाई कार्यक्रममा पुगेका केसीले आगामी महिनाबाट बक्स अफिस नियमित सार्वजनिक हुने बताए ।

‘हामी चलचित्र उद्योग भएन भन्छौ । तर चलचित्रको तर्फबाट राज्यका लागि दिनुपर्ने योगदान (ट्याक्स लगायत) तिर्न बहाना बनाउँछौ’ केसीले भने ‘बक्सअफिस नियमित गर्छौ र योगदान पनि दिन लगाउँछौँ ।’

बोर्डले मंगलबार वर्ष २०७९ मा सार्वजनिक प्रदर्शनमा आएका १३२ फिल्मको बक्सअफिस सार्वजनिक गरेको थियो । उक्त रिपोर्ट सार्वजनिक भएपछि बोर्ड तथा अध्यक्ष केसीको विरोध सुरु भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार