कञ्चनपुरको राष्ट्रिय मनिचेन्जर खारेज हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरमा सञ्चालित राष्ट्रिय मनिचेन्जर प्रा.लि. को इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त मनिचेन्जरको कारोबार बन्द गरी इजाजतपत्र खारेज गर्न लागिएको जानकारी दिएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४, महेन्द्रनगरमा कार्यालय रहेको यस मनिचेन्जरले ‘नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७७ (चौथो संशोधनसहित)’ को विनियम २२ बमोजिम आफ्नो कारोबार बन्द गर्न निवेदन दिएको थियो । सोही निवेदनका आधारमा बैंकले इजाजतपत्र खारेजीको प्रक्रिया सुरु गरेको जारी सूचनामा उल्लेख छ  ।

राष्ट्र बैंकले उक्त मनिचेन्जरसँग कुनै पनि किसिमको लेनदेन वा अन्य सरोकार बाँकी रहेका व्यक्ति वा संस्थाहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र धनगढी कार्यालयमा जानकारी गराउन आह्वान गरेको छ । तोकिएको समयभित्र कुनै दाबी वा जानकारी प्राप्त नभएमा नियमावलीअनुसार इजाजतपत्र खारेजीको अन्तिम प्रक्रिया पूरा गरिने बैंकले जनाएको छ  ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार