कर्णालीमा एमालेका मन्त्रीहरुले सामुहिक राजिनामा दिए

काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका मन्त्रीत्रयले राजीनामा दिएका छन् ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले आज सरकारबाट राजीनामा दिएका हुन् । मन्त्रीत्रयले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष सामुहिक राजीनामा दिएका हुन् ।

Dengue

मुख्यमन्त्री शर्माले गत माघ ११ गते उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका थिए । एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ । एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा पुस २७ गते मुख्यमन्त्री भएका उनले माघ ६ गते विश्वासको मत लिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार