सडकसँग आवद्ध बालबालिकाहरूको लागि मोबाइल स्कुल सञ्चालन

काठमाडौँ – फाल्गुन १७ सडकसँग आवद्ध बालबालिकाहरूको शैक्षिक स्तर उकास्न ‘साथ साथ’ नामक सामाजिक संस्थाले मोबाइल स्कुल सञ्चालनमा ल्याउने भएको छ । संस्थाले आफ्नो २५ औ वार्षिक उत्सवको अवसरमा मोबाइल स्कुल सञ्चालन गर्न लागेको ‘साथ साथ’ का कार्यकारी निर्देशक विश्वराज बज्राचार्यले बताए ।

बज्राचार्यका अनुसार यस मोबाइल स्कुलमा अध्ययनबाट बञ्चित भएका बालबालिका, कारणवश स्कुल छोडेर बसेका बालबालिकाहरूको हितको लागि अनौपचारिक शिक्षा प्रदान गर्ने शैक्षिक उपकरण हो । यसका साथै मोबाइल स्कुलले बालबालिकाको माझमा गुणस्तरीय शिक्षामा पहुँच बनाउनको लागी प्रोत्साहन गर्ने र सम्भावनाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको बताए । मोबाइल स्कूलमा धेरै तरिकाबाट शिक्षा प्रदान गरिन्छ । खेलकुद, कला र सीप गतिविधिहरू, बाल पुस्तकालय । बालबालिकालाई विद्यालयमा उपयुक्त तहसम्म भर्ना गराउनको लागि बहु स्तर शिक्षण विधिहरू प्रयोग गरिन्छ । बालबालिकाहरूको समग्र विकासलाई प्रवर्द्धन गर्न, बालबालिकाको आत्मबल बढाउने , जीवन उपयोगी सीप शिक्षाको नियमित सत्रहरू प्रदान गरिन्छ ।

Dengue

मोबाइल स्कुल सञ्चालनका मुख्य उद्देश्यहरू : सडक सँग आवद्ध बालबालिका, विद्यालय बाहिर रहेका बालबालिका, आप्रवासी र गैरआप्रवासी सबैलाई उनीहरूकै स्थानमा गई शिक्षा सम्मको पहुँचमा पुर्याउनु , बालबालिकालाई शिक्षाको महत्व र त्यसको उपयोगिता बारेमा जानकारी गराउँदै शैक्षिक रुपमा बालबालिकाको क्षमताको बिकाश गर्नु , बालबालिका तथा उनीहरूको अभिभावकहरू सँग सम्बन्ध विस्तार गर्दै बालबालिकालाई विद्यालय जान उत्प्रेरित गर्नु । , अभिभावकहरूलाई शिक्षाको महत्वबारे जानकारी गराउँदै परिवारबाट नै बालबालिकालाई विद्यालय जाने वातावरण निर्माण गराइदिनका लागी उत्प्रेरित गर्नु । कति छ नेपालमा सडक बालबालिकाको सख्या नेपालमा सडक बालबालिकाको सख्या ५ हजार रहेको छ । सामाजिक तथा आर्थिक कारणले सडकसम्म आइपुग्ने बालबालिकाहरू नैसर्गिक अधिकार बाट बञ्चित भएका छन ।

साथ साथको २५ औ वार्षिक दिवस साथसाथ विगत २५ बर्ष देखि जोखिम परिस्थितिमा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत गैरआवासीय गैरसरकारी संस्था हो । यसको मुख्य उद्देश्य भनेको जोखिम परिस्थितिमा रहेका बालबालिकाहरूलाई समाजमा पुर्नस्थापनाको गर्नु रहेको छ । साथसाथले त्यस्ता जोखिम परिस्थितिमा रहेका बालबालिकाहरूलाई औपचारिक र अनौपचारिक शिक्षा, सीप मूलक र व्यवसायिक तालिम आर्थिक उपार्जन गर्न सक्ने शिक्षा वा ज्ञान दिई उनीहरूको क्षमतालाई बढाई बौद्धिक विकास गर्न सहयोग गर्नुका साथै हाल आएर सडक बालबालिका तथा सडकसँग आबद्ध बालबालिकाको कानूनी पहिचानको लागि पनि कार्य गर्दै आईरहेको छ । फाल्गुन १७ गते मार्च १ का दिन साथसाथ संस्थाले २५ औ बर्षमा प्रवेश गर्दैछ। स्थापनाकाल देखि नै सडक सँग आबद्द बालबालिका सँग प्रतक्ष्य रुपमा काम गरेको हुनाले यस अबसरमा उनीहरूको साथमा बार्षिक उत्सब मनाएको छ । उक्त उपलक्ष्यमा सडक बालबालिका सँग २५ वर्षको बार्षिक उत्सब २५ वटा केक सडकसँग आबद्ध बालबालिकाको माझ काटी मोबाइल स्कुलको उदघाटन सँगै नेपालमा पहिलो पटक मोबाइल स्कुल सञ्चालनमा ल्याएको छ । अफ्रिका युरोप अमेरिका हुदै एशियामा मोबाइल स्कुल सञ्चालन गर्ने ३५ औ राष्ट् नेपाल रहेको छ । मोाबाइल स्कुले विश्वभर सडकसँग आवद्ध भएका ६८ हजार बालबालिका माझ अनौपचारिक शिक्षा पुराएको छ । यसैगरी सडक बालबालिकाको शिक्षामा पहुँच पुर।्याउनका लागि साथ साथ सस्था नेपालमा पहिलो पटक मोबइल स्कुल सञ्चालनमा ल्याउने पहिलो सस्था रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार