बझाङ – बझाङमा जलचर प्राणी माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय किसन पुजाराको जलचर प्राणी माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । साथीहरू सँग आइतबार खाना खाएर दिउँसो ११/१२ बजेको समयमा घरनजिकै रहेको खोरीगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा पुजाराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेश अवस्तीले जानकारी दिए । माछा मार्नका लागि घरबाट तारमार्फ करेन्ट लगेर पानीमा छोडेको र सोही छोडेको तारबाट करेन्ट लाग्दा पुजाराको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पुजाराको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
प्रतिक्रिया दनुहोस्