धनगढी र लम्कीबाट लागूऔषधसहित एक किशोरी र एक युवक पक्राउ

धनगढी – कैलालीका धनगढी र लम्कीचुहा क्षेत्रमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनारबाट १८ वर्षीया एक किशोरीलाई खैरो हेरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको हो। बिहीबार बिहान प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनको साथबाट १ सय ४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।

यस्तै, लम्कीचुहा नगरपालिका–६ चैनपुरका २१ वर्षीय विकास थापा मगर पनि लागूऔषधसहित पक्राउ परेका छन्। बिहीबार साँझ गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा २ ग्राम २० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको थियो।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार