मनोनयन दर्तापछि पौडेलले भने – ‘ओली जी मेरो पुरानो साथी हो, राष्ट्रपतिमा मलाई सहयोग गर्नुहुन्छ’

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुरानो साथी भएकाले आफूलाई सहयोग गर्ने बताएका छन्।

शनिबार बानेश्वरस्थित संसद भवनमा राष्ट्रपतिका लागि मनोनयन दर्तापछि पत्रकारसँगको कुराकानीमा ओली पुरानो साथी भएको बताएका हुन् । उनले आफूलाई सर्वसम्मत बनाउन ओलीको योगदान हुने विश्वास व्यक्त गरे।

Seti Hospital

‘एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय। पुरानो साथी हो। उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु,’ उनले भने। यस्तै, उनले आफू राष्ट‍्रपति बनेसँगै संविधानको अक्षर र भावनालाई अक्षरस: पालना गर्ने बताए। उनले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुने कोसिस गर्ने बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार