राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुन्छन् : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुने दाबी गरेका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ८ दलको समर्थन रहेकाले पौडेल राष्ट्रपतिमा निर्वाचित हुने बताएका हुन् ।

‘हामीले आज मात्रै नेपाली काँग्रेसका वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य माननीय रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिका लागि हामीले प्रस्तावित गरेका छौं । अब उहाँ अवश्य पनि विजयी हुनुहुनेछ भन्ने हामी सबै आशा गरिरहेका छौं’ उनले भने ।

Dengue

अध्यक्ष नेपालले जुनसुकै ओहोदामा पुगेका व्यक्तिहरुले पनि आफ्नो मर्यादाको सम्मान गर्दै राष्ट्र र जनताको हित चिताएर अघि बढनुपर्ने बताए । उनले जनताको चाहनालाई साकार पार्ने गरी अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि आग्रह गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार