गोकुलेश्वर बृहत साँस्कृतिक महोत्सवमा आयोजकले अपमान गर्यो : गायक भानुभक्त जोशी

काठमाडाैं – दार्चुलाको गोकुलेश्वरमा जारी बृहत साँस्कृतिक महोत्सवमा आयोजक तथा रास्वपा सुदूरपश्चिम महामन्त्री भोजराज जोशीले आफुलाई अपमान गरेको भन्दै गायक भानुभक्त जोशीले असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो तस्बिर राखि मेलामा प्रचारप्रसार गरेको र अन्तिममा आएर बिना पारिश्रमिक सहभागी हुनु भनेर आफुलाई अपमान गरेको गायक जोशीको भनाइ छ ।

गायक जोशीले असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा आयोजक जोशीको नाम समेत उल्लेख गर्दै पोष्ट गरेका छन् । उक्त पोष्टलाई लिएर यति बेला सामाजिक सञ्चालमा सकारात्मक÷नकारात्मक टिप्पणीको ओइरो लागेको छ । धेरैले आयोजकलाई नकारात्मक टिप्पणी गरेका छन् ।

Dengue

उता आयोजकले पारिश्रमिक नदिनुभन्दापनि हवाई भाडा दिन नसकिने भनेको र त्यसै बिषयलाई लिएर गायक जोशीले विरोध गरेको स्वीकारेका छन् तर गायक जोशी भने नत पारिश्रमिक दिने नत भाडा नै दिने भनेकोले आफुले आपत्ति जनाएको बताएका छन् ।

 

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार