प्रचण्ड-ओली भेटपछि चिनियाँ राजदूत बालकोटमा

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि चिनियाँ राजदूत बालकोट पुगेका छन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकोटमा गएर भेटेको केहीबेरमै चिनियाँ राजदूत चेन सोङ पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका हुन्। उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच साढे २ घण्टा कुराकानी भएको थियो।

dashain shuvakamana
Discovery School

भेटमा प्रचण्डले सत्तारूढ गठबन्धनका दलहरूले सहमति गरेका राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताएका थिए। शुक्रबार दिउँसो नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन कायम रहेको बताएका हुन्। बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले एक-दुई दिनमै राष्ट्रपतिबारे सहमति हुने बताएका हुन्। ‘हामी सँगै छौं। यो सँगै भएकाले टुटेको त देखाउँदैन नि,’ प्रचण्डले भने,‘राष्ट्रपति सहमति टुंगो लगाउँछौं। एक-दुई दिनमै टुंगो लाग्छ।’  यसअघि बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा दुई घन्टाभन्दा बढी एक्लाएक्लै भेटवार्ता भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार