गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएपछि होटललाई ३ लाख जरिवाना

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले ब्रेकफास्टका क्रममा खाएको अम्लेटमा माछाको काँडा भेटिएको चितवनको एक होटललाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

भरतपुर विमानस्थल अगाडि रहेको होटल लड्र्स बिजनेस कम्प्लेक्स प्रालिमा गृहमन्त्रीले ब्रेकफास्ट गर्ने क्रममा अम्लेटमा माछाको काँडा भेटिएको थियो ।

गृहमन्त्रीको गुनासोपछि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मासहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलको निरीक्षण गरेको थियो ।

निरीक्षणपछि उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खालका खाद्यान्न प्रयोग तथा सेवा प्रदान गरेको निष्कर्ष निकाल्दै होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको सहायक सिडिओ शर्माले मकालुखबरलाई जानकारी दिए ।

अनुगमनका क्रममा होटलमा गुणस्तरहीन तेल प्रयोग गरिएको, तरकारी ताजा नभएको तथा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नगरिएको पाइएको थियो । अनुगमनका क्रममा भेटिएका गुणस्तरहीन खाद्य सामग्रीहरू नष्ट गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार