रास्वपाको रिद्धि-सिद्धि झडप : प्रतिनिधिसभा चुनावी खर्च विवादबाट सुरु भएको दाबी

धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश महाधिवेशनका क्रममा धनगढीको रिद्धि-सिद्धि पार्टी प्यालेसमा भएको भिडन्त तत्कालको विवाद नभई विगत ६ महिनादेखि गुम्सिएको राजनीतिक प्रतिशोध र आर्थिक विवादको विस्फोट भएको खुलेको छ। असार १ गते भएको सो झडपका विषयमा नेता भरतबहादुर बोहराले घटनाको पृष्ठभूमि सार्वजनिक गर्दै आफू ‘पावर र शक्तिको दुरुपयोग’ को सिकार भएको दाबी गरेका छन्।
​बोहराका अनुसार यो विवादको चुरो गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन ताकादेखि नै सुरु भएको थियो। बझाङको बुंगल नगरपालिकामा चुनावी संयोजकको जिम्मेवारी सम्हालेका बोहराले आफ्नो व्यवसाय थाती राखेर चुनाबी खर्चका लागी शैलेस सिंहले दिएको ६-७ लाख रुपैयाँबाट खर्च गरेको र त्यसको प्रमाण सुरक्षित राखेको बताएका छन्। तर, निर्वाचनलगत्तै अर्का नेता शैलेशकुमार सिंहले ‘पैसा खाएको’ भन्दै सार्वजनिक रूपमै चरित्रहत्या सुरु गरेपछि विवादले उग्र रूप लिएको हो।

नेता बोहराले आफू चेकमार्फत नै रकम फिर्ता गर्न वा हिसाब देखाउन तयार हुँदाहुँदै पनि सिंहबाट लगातार गालीगलौज र अपमान भएको गुनासो गरेका छन्। आफूलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न नदिन पालिकादेखि जिल्ला तहसम्म घेराबन्दी गरिएको र अधिवेशनस्थलमै सिंहले पहिलोपटक हातपात गरेपछि स्थिति नियन्त्रण बाहिर गएको उनको भनाइ छ। “मैले चुनावमा एक पैसा खाएको छैन, अधिवेशनमा केवल आत्मरक्षा मात्र गरेको हुँ,” बोहराले दाबी गरे।

झडपमा दुवै पक्षका व्यक्ति घाइते भएका छन् र बोहरा आफैं पनि उपचाररत छन्। तर, घटनापछि प्रहरी प्रशासनले विभेदपूर्ण व्यवहार गरेको बोहराको आरोप छ। गम्भीर घाइते भएका गोविन्द धामीलाई हिरासतमा राखिएको तर अर्का पक्षका शैलेशकुमार सिंहलाई प्रहरीले बाटोबाटै छोडिदिएको भन्दै उनले यसलाई ‘सत्ता र शक्तिको नाङ्गो दुरुपयोग’ को संज्ञा दिएका छन्।
​मिडिया ट्रायलका कारण आफ्नो र पार्टीको छविमा क्षति पुगेको बताउँदै बोहराले अब सत्यको अन्वेषणका लागि केही दिनभित्रै अदालत जाने तयारी गरिरहेको स्पष्ट पारेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार