हेलम्बुमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, खेल र खेलाडीप्रति गाउँपालिका सकारात्मक : उपाध्यक्ष लामिछाने

काठमाडौँ – हेलम्बु गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाको मेलम्ची भ्याली क्याम्पसमा हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेको प्रमुख आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको हो ।

खेलमा १५ स्वर्ण सहीत याङ्रीमा माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै ४ स्वर्ण सहीत नोर्वुलिङ माध्यमिक विद्यालय द्धीतीय भयो भने सरस्वती माध्यमिक विद्यालय तृतीय भएको छ । छात्र/छात्रा भलिबल प्रतियोगिता लगाएत १७ भन्दा बढी खेलहरु समावेश गरीएको थियो ।

Seti Hospital

विद्यार्थीहरूको विकास, बिस्तार र सुदृढीकरण गर्नका निम्ति पालिका सदैव प्रतिबद्ध रहेको हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले बताइन् । उनले बिजयी खेलाडीहरूलाई बधाई समेत दिइन् । बजेटको अभावमा कतिपय विद्यालयहरू प्रतियोगितामा भाग लिन नपाउने अवस्थाको अन्त्य गरीने समेत उनले बताइन् । ‘खेल र खेलाडीप्रति गाउँपालिका सदैव सकारात्मक छ,’ उनले भनिन्, ‘अनुशासित ,मर्यादित, व्यवस्थित र प्रभावकारी ढंगले प्रतियोगिता सञ्चालन गरी जिल्लाकै उत्कृष्ट खेलाडी उत्पादनमा यो प्रतियोगिताले थप सहयोग पुग्नेछ ।’

असफलता नै सफलताको कडी भएकाले खेलमा पराजित खेलाडीहरूलाई निरास नभई निरन्तर रुपमा सक्रिय भएर लाग्नुपर्नेमा उपाध्यक्ष लामिछानेले जोड दिइन् । विद्यार्थीहरुले पालिका स्तरीय मात्रै नभइ राष्ट्रिय स्तरको खेलमा पनि भाग लिन सक्ने क्षमतावान खेलाडी बन्नुपर्नेमा उनकाे भनाइ थियो । कार्यक्रम हेलम्बु गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख विश्वनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार