कैलारीको हिउँदे अधिवेशनको दोस्रो बैठकमा पाँच विद्येयकको मस्यौदा प्रस्तुत

धनगढी – कैलाली जिल्ला कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को हिउँदे (विधेयक) गाउँसभा अधिवेशनको दोस्रो बैठकमा पाँच विद्येयकको मस्यौदा प्रस्तुत गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा विहिबार बसेको बैठकमा विधेयक समितिका संयोजक विकास चौधरीले पाँच वटा विधेयक पेश गरेका छन ।
गाउँपालिकाका हिउँदे अधिवेशनको दोस्रो बैठकमा कैलारी गाउँपालिकाको खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०७९, सामाजिक सुरक्षा वितरण कार्यविधि २०७९, फोहोर मैला व्यवस्थापन ऐन २०७९, न्यायिक समिति संचालन कार्यविधि ऐन (पहिलो संशोधन) २०७९ र कैलारी गाउँपालिकाको स्वास्थ्य नीति २०७९ प्रस्तुत गरिएको गाउँपालिकाका प्रवक्ता दिपेन्द्रबहादुर बमले बताए ।
प्रस्तुत गरिएको बिधेयक माथि दफावार अध्ययन छलफल गरी अगामी फागुन १२ गतेको बस्ने बैठकसा पास गरिने प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष बमले जनाए । बैठकमा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार