भिरबाट लडेर पूर्व जनमुक्ति सेनाका कमान्डरकाे मृत्यु

जाजरकोट – जाजरकाेटमा मङ्गलवार दिउँसो भिरबाट लडेर पूर्व जनमुक्ति सेना नेपालका कमान्डरकाे ज्यान गएको छ ।

भेरी नगरपालिका २ डिगाँका ३९ वर्षीय नरबहादुर थापा ‘जलन’ को घर नजिकैको भिरबाट लडेर ज्यान गएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ढकवीर रानाले जानकारी दिए । जाजरकोट प्रहरीका अनुसार सोमवार दिउँसो पशुचौपाया चराउन हिँडेका थापा आज दिउँसोसम्म पनि घर नफर्केपछि खोजी गर्दा घर नजिकैको भिरभन्दा तल मृत अवस्थामा भेटिएका हुन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार