गठबन्धन तोडिने एमाले अध्यक्ष ओलीको संकेत

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोडिने संकेत गरेका छन्। अनेरास्ववियुको २३औं महाधिवेशन उद्घाटन कार्यक्रममा उनले पाँच दलीय गठबन्धन भत्काएर सरकार बनाउन सफल भए पनि गठबन्धन फेरिने अवस्था रहेको संकेत गरेका हुन् ।

उनले देशमा स्थिरता हुन नदिन अनेक किसिमका प्रयासहरू भइरहेको बताउँदै त्यस्तो डकैति हुन नदिन एमालेले पाले बन्नुपर्ने अवस्था आएको बताए। उनले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि रहेको बताए। बुर्जुवा शिक्षा बहिष्कार गर्ने नारा विल्कुल बेठिक रहेको उनको भनाइ छ।  ‘मान्छेलाई अनपढ बनाउने बाटो हो त्यो। अनेरास्ववियुका विद्यार्थी ट्यालेन्ट हुनुपर्छ। आन्दोलनले गर्दा पढ्नै पाइएन भन्नै मिल्दैन। विद्यार्थीको काम पढ्ने हो।’ ओलीले भने, ‘परिचयपत्र देखाएर अनेरास्ववियु भन्ने नहोस्। विचार, तर्क, कामको उत्कृष्टताबाट अनेरास्ववियु चिन्न पाइयोस्,’ उनले भने।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार