दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको निधन

काठमाडौँ – दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको निधन भएको छ। शुक्रबार बिहान उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

बिहीबार मुटुमा दुखाइ बढेपछि उनलाई जिल्ला सदरमुकाममा रहेको मेडिकलमा ल्याइएको थियो। मेडिकलबाट समस्या नभएको भनेपछि बिहीबार राति नै फिर्ता गरिएको थियो। शुक्रबार बिहान फेरि मुटु दुखेपछि गुरूङलाई सरकारी गाडीमै सदरमुकाम ल्याइएको थियो।

Seti Hospital

उनलाई अस्पताल पुग्नै लाग्दा हृदयघात भएको थियो। दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार बिहान ११ बजेर ३६ मिनेटमा अस्पतालमा उनलाई मृत घोषणा गरेको थियो।  २०७४ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। ७५ वर्षीय गुरूङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये जेष्ठ सदस्य हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार