दार्चुलाको लेकममा विद्युत विस्तारको क्रममा कामदारलाई स्थानीयको ज्यान मार्ने धम्की, ठेकेदार कम्पनीले गुहार गरे सुरक्षा निकायलाई

काठमडौँ – दार्चुलाको लेकम गाउँपालिकामा विद्युत् विस्तारको क्रममा स्थानीयहरुले ठेकेदारलाई दुख दिने गरेको ठेकेदार कम्पनीले आरोप लगाएको छ । लेकम गाउँपालिका वडा नं. १ सर्मोलीका स्थानीयहरुले टेक्टरको सिसा भाच्ने, ईन्डिकेटर भाच्ने, टायरमा किला हानेर पञ्चर गर्ने लगायतका कार्यहरु गरेको ठेकेदार दुर्गादत्त पन्तले जानकारी दिएका छन् । नेपाल विद्युत प्राधिकरण दार्चुलाको ठेक्का नम्बर Darchula DC-2077/79 line -03 अन्तरगत काम गरिरहेका ठेकेदार र कामदारहरुलाई स्थानीयले दुख दिएको भन्दै ठेकेदार कम्पनीले गाउँपालिकाको कार्यालय राटामाटालाई निवेदन दिएको छ । स्थानीयहरुले ज्यान मार्ने धम्की दिएको र काम गर्ने शिलशिलामा ठूलो अज्ञात समुहले ढुंगामुढा प्रहार गरेकोले सम्पूर्ण सुरक्षाको जिम्मा गरिदिन गाउँपालिकालाई गुहार गरेको छ ।

ठेकेदार कम्पनीले सुरक्षाको प्रत्याभुती दिन जिल्ला प्रशासन कार्यालय, दार्चुला, जिल्ला प्रहरी कार्यालय, दार्चुला, नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र दार्चुलालाई बोधार्थ गर्दै लेकम गाउँपालिकामा निवेदन दिएको छ। यता स्थानीयहरुले भने ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको आरोप लगाउँदै आएका छन् ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार