डा.डीआर उपाध्यायको अर्को उपन्यास ‘भाग्यचक्र’ युट्युबमा सार्वजनिक (भिडियो)

काठमाडौंआफ्ना एकपछि अर्को उपन्यास युट्युबमा सार्वजनिक गरिरहेका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको अर्को उपन्यास ‘भाग्यचक्र’ युट्युबमा सार्वजनिक भएको छ । गीत सङ्गीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान कायम गरेका उपाध्यायको ‘भाग्यचक्र’ उहाँकै अफिसियल युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।

उपन्यासको भोइस-ओभर गणेश सुवेदीले गरेका छन् । सुरेन्द्र पौडेलको रकेर्डिङ, दीपेन्द्र थापाकोे सम्पादन रहेको लिरिकल भिडियोमा राजिव शाह र कमल अधिकारीको सङ्गीत रहेको छ । ‘पढ्नका लागि निश्चित ठाउँ र परिवेश आवश्यक भएका हुनाले अन्य काम गर्दा गर्दै पनि सुनेर पढन सकियोस् भन्ने उद्देश्यले युट्यबमा उपन्यास आफ्ना उपन्याहरू सार्वजनिक गरिरहेको हुँ’, डा. उपाध्यायले भने । उनका हालसम्म १५ उपन्यास पाठकमाझ आइसकेका छन् । डा. उपाध्यायको यसअघि उपन्यास ‘कफिलभ’, र ‘वज्रघात’ युट्युबमा सार्वजनिक भएका थिए । यस्तै अन्य उपन्यासलाई पनि युट्युबमार्फत सार्वजनिक गर्दै जाने उनले जानकारी गराए ।

Dengue

कीर्तिमानी डा.उपाध्यायका ३० एल्बमका सयौं गीत श्रोता/दर्शकमाझ आएका छन् । यस्तै, उनका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायां’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् । यतिबेला १६औं उपन्यास लेखिरहेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार