कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित

Call24News

सुर्खेत – कर्णाली प्रदेशको सभामुखमा सुर्खेतकी नन्दा गुरुङ निर्वाचित भएकी छिन् ।

प्रदेश सभा सभामुखको आइतबार भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् । गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३ र राप्रपा एक मत प्राप्त भएको छ ।

Dengue

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे । पोखरेलले कांग्रेसको १३ र नेकपा एकीकृत समाजवादीको एक मत प्राप्त गरे ।

ज्येष्ठ सदस्य कांग्रेसका हिकमतबहादुर बिष्ट र एकजना स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही भने मतदान गरेनन् ।

सत्तारुढ गठबन्धनको केन्द्रीय सहमतिअनुसार कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो । सोही अनुसार एमालेले सुर्खेकी गुरुङलाई सभामुखको उमेदवार बनाएको हो ।

कर्णालीको दोस्रो सभामुख बनेकी गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार