प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली खुमलटार जाँदै, माधव नेपाललाई पनि बोलाइयो

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार जान लागेका छन्। ‍प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार जान लागेका हुन्।

खुमलटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि बोलाइएको छ। प्रधानमन्त्री प्रचण्डले आज बिहान नेपालसँग भेटवार्ता गरेका थिए। ललितपुरको हात्तिवनमा भएको भेटवार्तामा प्रचण्डले सरकारलाई समर्थनबारे प्रस्ताव राखेका थिए । उक्त भेटमा प्रचण्डले गत पुस १० गते बालुवाटारबाट बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासको छलफलमा जाऔं नभन्नु आफ्नो गल्ती भएकोसमेत बताएका थिए।

Seti Hospital

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार