बैतडीको मेलौली नगरपालिकामा गरिएको ताला खुलेन

बैतडी – जिल्लाको मेलौली नगरपालिकामा गरिएको ताला अझै खुलेको छैन्। तालाबन्दी गरिएको एक हप्ता भइसकेको छ।

आधारभूत अस्पताल निर्माणको बिषयमा ७ नम्बर वडाका स्थानीयहरुले नगरपालिकामा तालाबन्दी गरेका थिए। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै स्थानमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गर्दै तालाबन्दी गरिएको थियो। तर स्थानीयले अघि सारेका माग पुरा नभएको भन्दै तालाबन्दी खोलिएको छैन्।

मेलौली नगरपालिका–१ का स्थानीयहरुले बिट्ठेनीमा आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गरेका हुन्। अस्पताल निर्माणको विषयलाई लिएर गत बिहीबार दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते समेत भएका थिए। सङ्घीय सरकारले २०७० मा मेलौलीमा १५ शय्याको अस्पताल निर्माणका लागि निर्णय गरे पनि अहिलेसम्म विवादकै कारण बन्न सकेको छैन। लामो समयसम्म वडा नं १ मा बनाउने वा वडा नं ७ भन्नेमै टुंगो लागेको छैन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार