कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने

काठमाडौं – नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् ।

भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन् । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ । यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ भने लिएका थिए । गुरुङ नेपाली कांग्रेसको तर्फबाट मनाङबाट निर्वाचित भएका थिए ।

Dengue

हेर्नुहोस् संसद सचिवालयको सूचना :

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार