रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने, कुन-कुन मन्त्रालयमा दाबी ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताए । यद्धपी गृह मन्त्रालय लिन सकिने सम्भावनाबारे छलफल भइरहेको छ। साे मन्त्रालय नपाएमा शिक्षा, स्वास्थ्य, श्रम, वाणिज्य–आपूर्ति, यातायातजस्ता कामकाजी मन्त्रालयहरुमा रास्वपाले  दावी गर्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ । रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठूलो दल हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार