अनि भत्कियो गठबन्धन…

काठमाडौं – सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले बरु राष्ट्रपति छाड्ने तर प्रधानमन्त्री कुनै हालतमा नछाड्ने हठ लिए । आइतबार बिहानै सोही सन्देशसहित देउवाले नेता विमलेन्द्र निधिलाई दूत बनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पठाए ।

तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई नै बनाउन तयार थिए । सोही आशयसहित पौडेल र प्रचण्डबीच संवाद पनि चलिरहेकै थियो । प्रचण्ड राष्ट्रपतिसहित सभामुख पनि कांग्रेसलाई छाड्न तयार बनिसकेका थिए । शनिबार बालुवाटारमा भएको गठबन्धन बैठकमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री कुनै हालतमा नछाड्ने भन्दै राष्ट्रपतिमा माधव नेपाललाई प्रस्ताव गरे । सहमतिको वातावरण त्यहीँबाट भाँडियो । प्रचण्ड देउवाप्रति सशंकित हुँदै रुष्ट बने । आजको राजधानी दैनिकमा समाचार छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार