एमाले अध्यक्ष ओलीलाई सपथ गराउन सजिलो कहाँ छ र ? ‘त्यो पर्दैन शैली’को निरन्तरता !

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अन्य सांसदहरुजस्तै शपथका लागि सहभागी भए । संसद भवनमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सबै सदस्यहरूलाई शपथ गराउने कार्यक्रममा ओली भने फरक रुपमा प्रस्तुत भए ।

हरेक प्रतिनिधिसभा सदस्य शपथका लागि शपथको ब्यहोराको प्रतिसहित उपस्थित हुँदा ओलीले भने त्यसो गरेनन् । उनले शपथ पत्र बिनै शपथ लिए । उनको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा ओलीले शपथ लिँदा शपथ पत्र बोकेको देखिँदैन । जबकी उनीसँगै देखिएका सबै सांसदहरुले हातमा शपथ पत्र बोकेर जबराले उच्चारण गरे अनुसार वाचन गरिरहेका छन् । उसो त ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको शपथ गराउँदा उनले एउटा शब्द उच्चारण गर्न मानेका थिएनन् । राष्ट्रपतिले दोहोर्याएर उक्त शब्द उच्चारण गर्न लगाउँदा पनि उनले ‘त्यो पर्दैन’ भनेर जवाफ फर्काएको विषय अझै पनि बेलाबेलामा चर्चाको विषय हुन्छ ।

Dengue

यही क्रममा आज पनि ओली शपथ पत्र बिनै उपस्थित भएका विषयलाई ‘त्यो पर्दैन शैली’को निरन्तरता भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य सुरु भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार