पाँचपोखरी थाङपाल गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण सम्मेलन

Call24News

सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिकाले आज जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण सम्मेलन गरेको छ । ‘हामी नरहे पनि प्रकृति रहन्छ तर प्रकृति नरहे हामी रहन्नौ’ भन्ने नाराका साथ गाउँपालिका सङ्गै लामटाङ राष्ट्रिय निकुञ्ज,डिभिजन बन कार्यलय, आर्सो नेपाल र टिजिएच नेपालको सझा सहकार्यमा सम्मेलन भएको हो । जनप्रतिनिधि, लाङटाङ राष्ट्रिय निकुञ्जका होटल, होम स्टे व्यबसयी, सामुदायिक बनका प्रतिनिधि, कर्मचारीको उपस्थितिमा धार्मिक तथा पर्यटकिय स्थल नागी थाम डाडामा सम्मेलन भएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामाले जलवायु परिवर्तनले जनतामा पुगेको असर बिपदले पुर्याएको क्षतिका बारेमा जानकारी गराएका थिए । बाढिको उच्च जोखिममा रहेका बस्तीहरु लाई स्थान्तरण गर्न स्थानका लागि राष्ट्रिय निकुञ्ज सङ्ग सहजीकरण भैइरहेको अध्यक्ष लामाले बताए ।

Dengue

सहभागी प्रतिनिधिहरुले जलबायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण सम्बन्धि ११ बुदे सझा घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार