जाजरकोट जीप दुर्घटना : ११ जनाको ज्यान गयो

काठमाडौँ – जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । छेडागाड नगरपालिका वडा नम्बर ५ मा आज साेमवार दिउँसो कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जीप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छेडागाड नगरपालिका उपमेयर चन्द्रबहादुर थापाले जानकारी दिए ।

ज्यान गुमाउनेहरूमा जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ५ का जयकुमार बुढा, देवीसरा बुढा, रामबहादुर बुढा, दीपक अधिकारी, नैनसरा अधिकारी, अम्बर अधिकारी, निशा अधिकारी र वडा नम्बर ६ का वीरबहादुर खत्री रहेका छन् । यस्तै जीपको चालकसमेत रहेका दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर २ का मानबहादुर राउत, वडा नम्बर ३ का वीरेन्द्र केसी र अम्बरबहादुर खड्काको पनि ज्यान गएको छेडागाड नगरपालिकाका उपमेयर थापाले जनाकारी दिए ।

Seti Hospital

दैलेखको भगवतीमाई गाउँपालिकाबाट जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ५ जन्ती आएका थिए । जन्ती र माइती पक्षबीच झडप भएपछि एक जना घाइते भएका र घाइतेलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा जीप दुर्घटनामा परेको उपमेयर थापाले बताए ।  दुर्घटनामा घाइते भएका जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगञ्ज लगिँदैछ । जीप मध्यपहाडी लोकमार्गबाट तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार