जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जाजरकोट – जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत नगरपालिकाका अबेह जयहादुर थापाले जानकारी दिए । घटनास्थलमा नै रहेका थापाका अनुसार ३ जना घाइते छन् ।

जीप २०० मिटर तल खस्दा घटनास्थलमै ८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठले पनि पुष्टि गरे । श्रेष्ठका अनुसार प्रहरीको टोली घटनास्थलमा रहेको उद्धार कार्य भइरहेको छ । दुर्घटनामा परेको जीप दैलेखबाट बिहेका लागि जाजरकोट आएको पनि थापाले बताए ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार