अर्किड आइडल गायन प्रतियोगिता २०७९ को आठौँ संस्करण सम्पन्न, दिपीका विक बनिन् विजेता

काठमाडाैं – अर्किड आइडल गायन प्रतियोगिता २०७९ को आठाँ संस्करण सम्पन्न भएको छ । शुक्रवार नविन कार्कीको निर्णायकमा भएको फाइनल राउण्डमा १६ जना प्रतियोगिहरुले भाग लिएका थिए । जसमा दिपीका विक आठौँ संस्करणको विजेता बनेकी छिन् । उनले माया पिरती बोलको गीतमा गायन प्रस्तुती दिएकी थिइन ।

यसैगरी दिपशना थापा मगर द्धितिय भएकी छिन् । उनले चौबन्दीमा पटुकी बोलको गीतमा प्रस्तुती दिएकी थिइन भने सुशान्त मगर तेस्रो भएको छ । उनले आउ तिमी बोलको गितमा आफ्नो प्रस्तुती दिएका थिए । यस्तै पुण्यशीला भुजेल चौथो भएकी छिन् । उनले बालापन गीतमा आफ्नो प्रस्तुती राखेकी थिइन् ।

Dengue

कार्यक्रममा दिव्यान्सी ढुंगाना, खुसी काकीृ, अनिता तामाङ, रेविशा बस्नेत, चशुम राई, सृजना जोशी, ओम राज कार्की, दिलशा माझी, प्रज्वल कोइराला, ओम विक्रम थापा, प्रतिक्षा पोखरेल, रोजिता खड्काले समेत प्रस्तुती दिएका थिए । कार्यक्रममा १६ वटै प्रतियोगिहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको विद्यालयका प्रिन्सिपल चालेन्द्रबहादुर (सिबी) कार्कीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने मुख्य उद्देश्य रहेको र पढाइसँगै अतिरिक्त क्रियाकलापमा सहभागी गरेर विद्यार्थीहरुको हौसला बृद्धि गर्ने उद्देश्य रहेको विद्यालयका संस्थापक प्रेमकुमार भुजेलले बताउनुभयो ।

कार्यक्रममा प्रतियोगिहरुका अभिभावक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । यसैगरी कार्यक्रम सञ्चालन विद्यालयका संयोजक नरेन्द्रप्रसाद पाण्डेयले गर्नुभएको थियो । अर्किड प्राङगणमा भएको उक्त आइडलमा उत्कृष्ट चार जनालाई ट्रफी सहित सम्मान गरिएको थियो ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार