‘सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राख्छ’: प्रधानमन्त्री देउवा

कैलाली – प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेकोबताएका छन् ।बिहिबार सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन समारोहमा बोल्दै देउवाले सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राख्ने बताएका हुन् ।

उनले पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले चासो दिएको र पश्चिम सेतीको पनि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको बताए । पश्चिमसेती बनाउने भारतीय कम्पनी ठग्ने कम्पनी नभएर भरपर्दो कम्पनी भएको बताउदै पञ्चेश्वर र पश्चिम सेती बनेमा सुदूरपश्चिमको समग्र विकासमा टेवा पुग्ने उनले बताए ।

Dengue

उनले यस क्षेत्रको विकासका लागि रानी जमरा सिचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधरा–चादनी सुख्खा बन्दरगाहा निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिएको बताए ।

उनले यस क्षेत्रको आर्थिक विकासका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि प्रतिबद्ध रहेको बताए । उनले सुदूरपश्चिमको मुख्य व्यपारिक क्षेत्र धनगढीमा भएको महोत्सवले यस क्षेत्रमा उत्पादन भएका वस्तुको बजारीकरणमा मदत पुग्ने बताए । उनले सुदूरपश्चिम पर्यटकीयसम्भावना बोकेको क्षेत्र पनि भएको बताए ।

सुदूरपश्चिम प्रदेशको शिक्षा, स्वास्थपछि पर्यटन र आर्थिक विकास गर्नका लागि महोत्सव आयोजना गरिएको उनको भनाइ थियो । उनले दुवै छिमेकीसँग सम्बन्ध जोडिएको प्रदेश भएकाले आर्थिक हबको रुपमा विकास गर्ने सम्भावना रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार