इप्सन चित्रकलामा मदरल्याण्ड प्रथम, द्धितीय सूर्योदय, तृतीय सेन्ट जोन र सान्त्वना ग्लोबल

भक्तपुर – इप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत आज सूर्योदय सेकेण्डरी स्कुलको आयोजनामा सम्पन्न भएको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा मदरल्याण्ड स्कुलकी एज्जश्वी प्रजापतिले जितेकी छन् । द्धितीय स्थानमा सूर्योदय सेकेण्डरी स्कुलको यूनिक कर्माचार्य, तृतीय स्थानमा सेन्ट जोन स्कुलको निश्चल तामागं र सान्त्वना पुरस्कारमा ग्लोबल एकेडेमीको आशिस् त्वाँतीले हात पार्न सफल भएका थिए । इप्सन अन्तर्गतका सदस्य विद्यालयहरुको बीच आधारभूत तहका विद्यार्थीहरु बीच आज भक्तपुर दरवार क्षेत्र परिसरमा बसेर प्रत्यक्ष देखिएका दृश्यलाई चित्रमा उतार्न लगाइएको जानकारी इप्सन भक्तपुरका सचिव विजय कर्माचार्यले बताए । उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई शिल्ड तथा मेडल पनि आजै प्रदान गरिएको उक्त समापन कार्यक्रममा ईप्सन भक्तपुरका अध्यक्ष जिबि खड्काले विद्यार्थीहरुको क्षमका तथा प्रतिभा उजागर गर्ने हेतु यस्ता प्रतियोगिता आयोजना गरिएको बताए ।  खड्काले जुन सदस्य स्कुलले जिते पनि हामी सबै सदस्य स्कुलको जित हुने बताउँदै अन्य सहभागी प्रतियोगिहरुलाई पनि हौसला प्रदान गरे ।  कार्यक्रममा शिक्षाप्रेमी तथा नेपाल स्काउटका राष्ट्रिय व्यक्तित्व रामगोपाल कर्माचार्य र प्राचार्य राम हाडाले पनि विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार