नुवाकोटको किस्पाङ-४ मा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न, १७१ जनाले सेवा लिए

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको साल्मे स्वास्थ्य चौकीमा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न भएको छ ।
शुक्रबार तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, जल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न भएको हो ।

Dengue

शिविरमा जम्मा १७१ जना बिरामीले सेवा लिएका छन् भने १० जना मोतीबिन्दु भएका बिरामी शल्यक्रियाको लागि छनौट भएका छन् । निशुल्क आँखा शिविर बाट छनौट भएका मोतिबिन्दुका बिरामीहरूको यही पौष १ र २ गते जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको भवनमा सहुलियत मूल्यमा शल्यक्रिया गरिने छ ।

आँखा शिविरलाई सम्पन्न गर्नका लागि किस्पाङ गाउँपालिकाको कार्यालय, ४ नं वडा कार्यालय साल्मे, नेपाल रेडक्रस सोसाइटी काउले उपशाखा र साल्मे स्वास्थ्य चौकीले सहयोग र समन्वय गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार