काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा मतगणनाको तयारी

काठमाडौं – काठमाडौंका दुई निर्वाचन क्षेत्रमा आजै रातिदेखि मतगणना हुने भएको छ ।

सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले दुई निर्वाचन क्षेत्रमा तत्काल मतगणना सुरु हुने बताए । उनका अनुसार आइतबार रातिसम्ममा गणना सुरू भइसक्नेछ । काठमाडौं-१ को मतगणना संघीय संसद भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ भने काठमाडौं–४ को गणना बुढानीलकण्ठस्थित जेष्ठ नागरिक आश्रम परिसरमा हुनेछ ।

Dengue

अरु निर्वाचन क्षेत्रबाट समेत मतपेटिका ल्याउने काम भइरहेको भन्दै उनले सर्वदलीय सहमति भए अरु ठाँउमा समेत आजैदेखि गणना सुरू हुने बताए । काठमाडौं-३ मा भने दलका प्रतिनिधिहरुले नै सोमबार विहानदेखि गणना गर्न अनुरोध गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार