बालीमा बाइडेन र सीबीच भेट, के भयो कुराकानी ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति जाे बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेट भएकाे छ । दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला इन्डाेनेसियाकाे बालीमा आज साेमवार बाइडेन र सीबीच भेट भएकाे हाे ।

भेटमा बाइडेनले अमेरिका र चीनबीच द्वन्द्व टार्नुपर्नेमा जाेड दिएका छन् । उनले ताइवानका विषयमा अमेरिका र चीनले आफ्ना धारणा तय गर्ने बताएका छन् । यस्तै भेटमा सीले दुई देशको असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताएका छन् । उनले अहिलेको युगमा अभूतपूर्व ढङ्गले ठूला परिवर्तनहरू भइरहेका र मानिसले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेका भन्दै त्यसलाई सही ढङ्गले सम्हाल्नका निम्ति पनि दुई देशको असल सम्बन्ध अपरिहार्य रहेको धारणा राखेका छन् ।

Dengue

जी-२० बैठकले विश्वको ध्यानाकर्षण भएको उल्लेख गर्दै सीले यहाँबाट कहाँ जाने भन्ने प्रश्न सबै देशको दिमागमा रहेको पनि बताए । भाेलि मङ्गलवार सुरु हुने जी–२० बैठकका लागि विश्व नेताहरू यतिखेर इन्डोनेसियामा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार