गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले लहडले गठबन्धन नबनेको भन्दै सबै दलका नेता र कार्यकर्ताहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । पाँच दलीय गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सोमबार सम्बोधन गर्दै देउवाले आफूलाई प्रधानमन्त्री बनाउने गठबन्धन नबनेको पनि जिकिर गर्नुभयो । ‘यो आवश्यकताले बनेको गठबन्धन हो । लहडले बनेको गठबन्धन होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन होइन,’ उहाँको भनाइ थियो, ‘गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ ।’

गठबन्धनको र एकताको संस्कृति नेपाली राजनीतिमा रहेको उहाँको भनाइ थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतका विरोधी शक्तिबीच मेलमिलाप हुँदा नै राष्ट्रलाई फाइदा हुने बताउनुभयो । उहाँले सशस्त्र द्वन्द्वका क्रममा माओवादी र नेपाली कांग्रेसबीच नै मुख्य लडाइँ भएको भन्दै अहिले ती शक्ति मिल्दामात्र देशको हित हुने उल्लेख गर्नुभयो ।

Dengue

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विशाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले गठबन्धनको संयुक्त सहकार्य र अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र संयुक्त उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्षसम्म सङ्घर्ष गरेर स्थापना गरिएको लोकतन्त्र र संविधानमाथि प्रहार भएकाले त्यसको रक्षाका लागि गठबन्धन आवश्यक भएको बताउनुभयो । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट पार्नुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार