कैलाली -५ ‘ख’ बाट कांग्रेसको १५औँ महाधिवेशनमा खुल्ला युवा तर्फ प्रदेश प्रतिनिधि पदमा दिपेश बोहराको उम्मेदवारी !

धनगढी : नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नं. ५ ‘ख’ प्रदेशसभा क्षेत्रबाट खुल्ला युवा तर्फ प्रदेश प्रतिनिधि पदमा दिपेश बोहराले उम्मेदवारी दिएका छन्।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीभित्र सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित बोहराले उम्मेदवारी दिएका हुन्। उनी हाल नेपाल विद्यार्थी संघ (नेविसंघ), धनगढी उपमहानगरपालिकाका अध्यक्ष समेत हुन्।

बोहरा पछिल्लो समय लागूऔषध नियन्त्रण, युवालाई सचेत बनाउने तथा विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। युवालाई सकारात्मक गतिविधिमा जोड्दै लागूऔषध दुव्र्यसन न्यूनीकरण तथा सामाजिक विकृति अन्त्यका लागि उनले निरन्तर पहल गर्दै आएका छन्।

महाधिवेशनमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व आवश्यक रहेको बताउँदै बोहराले आफूलाई कैलाली–५ ‘ख’ बाट खुल्ला युवा तर्फ प्रदेश प्रतिनिधि पदका उम्मेदवारका रूपमा समर्थन गरी अमूल्य मत प्रदान गर्न कांग्रेसका प्रतिनिधि तथा सम्बन्धित मतदातासमक्ष आग्रह गरेका छन्।

“युवाको आवाज, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनका लागि तपाईंहरूको अमूल्य मत र साथको अपेक्षा गरेको छु,” बोहराले आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार