कालिकोटको राचुलीमा मलामी गएका १५ जना सम्पर्कविहीन, अनुसन्धान गर्दै प्रहरी

कालिकोट — तिलागुफा–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् ।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाअध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १५ जना सम्पर्कमा नआएको राँचुलीकी स्थानीय एवं सामाजिक कार्यकर्ता निर्मला शाहीले जानकारी दिइन् । राँचुलीमा मलामी गएकाहरु सम्पर्कविहीन भएको खबर आएको र आफूहरु यसबारे अनुसन्धानमा लागेको सिडिओ रामहरि शर्माले जनाए ।

यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन् । उनीहरु सबै अहिले त्यहाँको कालिका माविमा बसिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार