काठमाडौं – सत्ता गठबन्धनबाट बाहिरिँदै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दुवै दलले ५२ सिटमा चुनावी तालमेलको सहमति गरेका छन् ।
सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधि सभामा प्रदेश नम्बर १ मा दुई सिट, मधेस प्रदेशमा १४ सिट, लुम्बिनी प्रदेशमा एक सिटमा सघाउने छ । एमालेले प्रदेश सभाका लागि सुदूरपश्चिम प्रदेशको १ (ख)मा पनि सघाउने सहमति भएको छ ।
जसपाले एमालेलाई ३५ सिटमा सघाउने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्