अष्टलक्ष्मीले भनिन् – ‘म निर्वाचन लड्दिन विकल्प खोज्नुहोस्’, ओलीले भने – ’नउठ्ने भए ठीकै छ,’

काठमाडौँ – आसन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट काठमाडौं–८ मा उम्मदेवार सिफारिस अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी ओलीलाई विकल्प खोज्न भनेकी छिन्।

शनिबार ओलीसँग भेट गर्दै शाक्यले आफू संसदीय निर्वाचनबाट अलग्गिने घोषणा गरिसकेकाले विकल्प खोज्न भनेकी हुन्। शाक्यले आफ्नो निर्णयलाई अन्यथा नलिन पनि पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको बताईन् ।

Seti Hospital

शाक्यले उठ्ने रहर नभएकाले जबर्जस्ती राखेर मन भएका र जित्ने सम्भावना रहेकालाई १० बुँदेको नाममा फरक व्यवहार नगर्न पनि अध्यक्ष ओलीलाई अनुरोध गरेकी छिन्। उनले भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्यहरूलाई समेट्न समेट्न समेत ओलीसँग आग्रह गरिन् ।

आफूले नउठ्ने अडान कामयै राखेपछि ओलीले धेरै प्रतिक्रिया नजनाएको उनको भनाई छ । ओलीले ’नउठ्ने भए ठीकै छ,’ भनेर छोटो प्रतिक्रिया दिएको उनको भनाई छ ।

ओलीले टिकट नदिएपछि घनश्याम भुसालले पार्टी छाडेका छन् भने भीम रावलले आगामी बाटोबारे आइतबारसम्म निर्णय लिने बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार