वीरगन्जमा २३ जनाको आँखाको निःशुल्क शल्यक्रिया

वीरगन्ज : वीरगन्जमा २३ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ। वीरगन्ज सामुदायिक आँखा केन्द्रमा मंगलबार साँझ २३ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया गरिएकाहरूलाई चश्मा र औषधि पनि निःशुल्क उपलब्ध गराइएको साहिब दरबार वीरगन्ज नेपालका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । 

सहनीका अनुसार, गत शनिबार वीरगन्ज महानगरपालिका-२१ ताजपुरमा साहिब दरबार वीरगन्जले वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर आयोजना गरेको थियो । उक्त शिविरमा १६५ जनाको आँखा परीक्षण गरिएकोमा ३८ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो।

उनीहरूमध्ये २३ जना मात्र अस्पतालमा आएकाले उनीहरूको शल्यक्रिया गरेर बुधबार बिहान घर पठाइएको वीरगन्ज सामुदायिक आँखा केन्द्रका सञ्चालक महेश सिंह धामीले जानकारी दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार